Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेकपा भित्रैबाटै नयाँ प्रधानमन्त्री खोज्न प्रचण्डलाई बामदेवको प्रस्ताव


    बिहिबार, फाल्गुन १३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेपछि विभाजित नेकपाका कुनै समूहमा नलागी एकतामा बल गरिरहेका  नेता बामदेबले आज प्रचण्डसँग भेट गरेका छन् ।बामदेब आज बिहान प्रचण्ड–नेपाल समूहका  अध्यक्ष प्रचण्डलाई  भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । नेता गौतमले  प्रचण्डसँगको भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका छन् ।
    नेता गौतमले हिजो (बुधबार) मात्र विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुरुन्त राजीनामा दिन तथा उनी र प्रचण्ड दुवै अध्यक्षलाई धुम्बाराहीमा पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए।वामदेवको प्रस्ताव– ओलीलाई सम्मानजनक रुपमा बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं
    याँ सत्ता समीकरणको प्रयास चलिरहेका वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार