Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज ३ बजे काँग्रेस पदाधिकारीको बैठक बस्दै


    बिहिबार, फाल्गुन १३ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बूढानीलकण्ठमा अपराह्न ३ बजे बस्दै छ ।

    प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न  बैठक बस्ने देउवाका  स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि भावी सत्ता समीकरणको कसरत सुरु भएसंगै बैठक बस्न लगिएको सचिव देउवाले बताए ।

    बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभापति देउवालाई करिब आधा घण्टा भेटेका थिए, देउवाले पार्टीमा छलफल गरेर आफुले निर्णय लिने बताएपछि आज बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार