काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो ।
तिवारीलाई मन्त्रालय तानेर म्याग्दीको सीडीओको रुपमा रवीन्द्र आचार्यलाई पठाइएको छ । उनी शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव हुन् ।
तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिव भएर काम गरेका थिए । केही दिनअघि मात्रै विशेष अदालतमा दायर भएको भिजिट भिसा प्रकरणमा लेखकसहित तिवारीलगायतका व्यक्तिमाथि पनि छानबिन भएको अख्तियारले बताएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend