Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ २ लाख ६० हजार नाघ्यो


    सोमबार, मंसिर २९ २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर बढेर नयाँ रेकर्ड बनाइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुनको मुल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

    यसअघि आइतबार सुन तोलाको २ लाख ५८ हजार ८ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर ३८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३८२५ मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार