Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • ईश्वर पोखरेल समूहले पदाधिकारी उम्मेदवार टुंग्यायो, को कुन पदमा ?


    सोमबार, मंसिर २९ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको महाधिवेशनबाट आगामी नेतृत्वका लागि ईश्वर पोखरेलको समूहबाट केही पदाधिकारीका उम्मेदवारहरूको टुंगो लागेको छ ।

    जसमा अध्यक्षका लागि ईश्वर पोखरेल रहेका छन् । उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र एक जना खाली राखिएको छ ।

    महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ भने उपमहासचिवमा योगेशकुमार भट्टराईको टुंगो लागेको छ ।

    सचिव पदका लागि छ जनाको नाममा टुंगो लागेको छ । जसमा विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा र रचना खडका रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार