Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘आफूविना पार्टी चल्दैन भन्ने भ्रम सबैले त्यागौँ’: अष्टलक्ष्मी शाक्य


    आइतबार, मंसिर २८ २०८२
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्न आग्रह गरेकी छिन् ।

    भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’

    उनले अगाडि भनिन्, ‘विधि र विधान सम्मत चलौँ, नेताले फराकिलो मन बनाउनुस्, पार्टीलाई नीति प्रदान बनाऔँ, मुख्य कुरा विधि हो । मैले अध्यक्ष कमरेडसँग भएको कुरा स्मरण गर्न चाहन्छु , ७० पुगेपछि मैले काम गर्दिन भनेको थिएँ, उहाँले सँगै बिदा लिऔँला भन्नु भएको थियो ।’

    आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । आम जनताको चासो र चाहनालाई ख्याल गर्दै विधान संशोधन तिर लाग्न नहुने उनको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार