Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


    आइतबार, मंसिर २८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। आइतबार सुनको भाउले २ महिनाअघिको रेकर्ड तोडेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

    अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    आज चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार