Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको केन्द्रीय कमिटी बैठक बस्दै


    आइतबार, मंसिर २८ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९:०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए ।

    उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

    यस्तै, बिहान ८:०० बजे बोलाइएको महाधिवेशनको बन्द सत्र १२स्३० बजे हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्द सत्र सरेको हो ।

    शनिवारदेखि सुरु भएको महाधिवेशनको बन्द सत्र आजदेखि हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार