काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जेनजी आन्दोलनकारीसँग गरेको सम्झौतालाई ‘कलाबिहीन भद्दा नाटक’ र ‘गम्भीर षड्यन्त्र’ को संज्ञा दिएका छन् । उनले यो सम्झौता देशलाई भिडन्ततर्फ धकेल्ने प्रपञ्च भएको टिप्पणी गरे ।
शनिवार भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले सरकारले एकातिर निर्वाचनको हल्ला फैलाइरहेको तर अर्कोतिर निर्वाचन बिथोल्ने काम गरिरहेको आरोप लगाए ।
सरकार जेनजीसँग यस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण बनाउँदैछ,’ उनले भने, ‘यो अनधिकृत हर्कत हो र देशलाई गम्भीर संकटतर्फ लाने जालो हो ।’ ओलीले सरकारले चुनावी वातावरण बनाउनतर्फ कुनै ध्यान नदिएको बताए ।
‘नेताहरूको राहदानी रद्द गर्ने, स्थानहद तोक्ने र निषेधाज्ञा जारी गर्ने यही हो चुनावको तयारी ?’ उनले प्रश्न गर्दै भने । उनले सरकारको म्यान्डेट आगामी २१ फागुनमा चुनाव गराउने रहेको स्मरण गराउँदै आवश्यक गृहकार्य नगरेको तथा राजनीतिक दलहरूको विश्वास आर्जन नगरेको आरोप लगाए ।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता नभएको र भागेका कैदीहरू फर्काउन बाँकी रहेको उल्लेख गर्दै ओलीले यस्तो अवस्थामा चुनावी वातावरण नबनेको बताए ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend