Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यक्ष ओलीले एक्लौटी ढंगले प्रतिनिधि मनोनीत गरे : ईश्वर पोखरेल


    शनिबार, मंसिर २७ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १ सय ८ जना प्रतिनिधिको नामावली शनिबार बिहान सार्वजनिक भएको छ ।

    सहमतिबिपरीत अध्यक्ष केपी शर्मा ओलीले एक्लौटी ढंगले मनोनीत गरेको आरोप अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलले पक्षले लगाएको छ । पोखरेलले मनोनीत प्रतिनिधिको नामप्रति गम्भीर असमति रहेको बताएका छन् ।

    शुक्रबारको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरु अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने कुराकानी भएको थियो । तर उक्त सहमतिविपरीत एकलौटी ढंगले सूची प्रकाशित गरिएको कमरेड ईश्वर पोखरेलले जनाएका छन् ।

    ‘शनिबार प्रकाशित मनोनीत प्रतिनिधिको नाम शुक्रबार अध्यक्ष प्रस्तुत गरेको सूची भएको पोखरेल पक्षको भनाइ छ । अध्यक्षका दाबेदार ईश्वर पोखरेलले शुक्रबार आफ्नो समूहको तर्फबाट अलग सूची प्रस्तुत गर्नुभएको थियो । ती दुबै नामहरुवीचमा सहमति खोज्ने निर्णय भएको हो । आज प्रकाशित सूची हिजो अध्यक्षले टेबल गर्नुभएको उहाँको सूची मात्रै भएको पोखरेल पक्षको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार