Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री घिसिङद्वारा मटिअर्वा-मानमत सडकको निरीक्षण, छिटो काम सक्न निर्देशन


    शुक्रबार, मंसिर २६ २०८२
    595
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले १४ वर्षदेखि अधुरो रहेको बाराको मटिअर्वा-मानमत सडकको निरीक्षण गरेका छन् ।

    निरीक्षणको क्रममा उनले साढे ३ किलोमिटर सडकको निर्माणमा भइरहेको ढिलाइबारे छिट्टै निर्णय लिइने र ठेक्का तोडिन सक्ने बताएका छन् ।

    भारतीय कम्पनी भिस्वा कन्स्ट्रक्सनले २०६८ सालमा २७ किलोमिटर सडक कालोपत्रे सुरु गरे पनि २३ किलोमिटर मात्र काम सम्पन्न गरी बाँकी अधुरै छाडेको थियो ।

    त्यसपछि आशीष-आरडीएस जेभीले २०७३ सालमा ठेक्का लिए पनि काम अगाडि बढेन । पछिल्लो पटक सप्तकोशी जलाधार(ओम साई एन्ड कम्पनीले २०७८ पुस २७ मा साढे ३ किलोमिटरको ठेक्का लिएर हालसम्म १८ प्रतिशत मात्र प्रगति गरेको हुलाकी मार्ग आयोजनाले जनाएको छ ।

    २२ करोड ३१ लाख रुपैयाँको ठेक्कामध्ये ४ करोड १५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । सडक क्षेत्रका १४ सय जग्गाधनीलाई मुआब्जाबापत १ अर्ब ४ करोड ९१ लाख रुपैयाँ खर्च भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार