Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • च्यासलमा एमालेको सचिवालय बैठक जारी


    शुक्रबार, मंसिर २६ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। पदाधिकारी थप्न विधान संशोधन गर्ने लगायतका एजेन्डामा आजको बैठकले निर्णय लिने छ।

    आफ्नो खेमामा रहेका नेताहरुको व्यवस्थापनका लागि अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन सुरु हुनुअघि नै पदाधिकारी र अन्य कमिटीको आकार बढाउने प्रस्ताव ल्याउन लागेका हुन्।

    गत भदौ २०–२० को दोस्रो विधानसम्मेलनमा १५ जना मात्रै पदाधिकारी रहने व्यवस्था गरिएको थियो। तर, अहिले बढाएर १९ जना पुर्‍याउने ओलीको तयारी छ।

    एमालेको ११ औँ महाधिवेशन भोलिदेखि सुरु हुँदैछ। उद्घाटन शत्र भक्तपुरको सल्लाघारीमा हुने छ भने बन्द शत्र भृकुटीमण्डमा सञ्चालन हुने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार