Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमाले सचिवालय बैठक सर्‍यो


    शुक्रबार, मंसिर २६ २०८२
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक सरेको छ।

    एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार अब बैठक दिउँसो २ बजे बस्नेछ। ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठकमा एमालेको विधान संशोधन, महाधिवेशन तयारीलगायत एजेन्डामा छलफल हुनेछ।

    यसैबीच अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने सचिवालय बैठकमा विधान संशोधनको कुरा उठे २ कार्यकाल र ७० वर्षे उमेर हदको प्रावधान ब्युँताउने पर्ने प्रस्ताव लाने तयारी गरेको छ।

    गत सोमबारै सचिवालय बैठक राख्ने तयारीमा रहेका अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष पोखरलले अवधारणापत्र बुझाएकै कारण रोकिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार