झापा । नेपाली काँग्रेस झापाले प्रतिनिधि सभा निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मासहित प्रत्यक्ष र समानुपातिक गरी ६६ जना उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ ।
पार्टी विधानबमोजिम जिल्लाका पाँचवटा संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका उम्मेदवारका नामलाई प्रदेश समितिमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिए ।
केन्द्रीय समितिले गत मङ्सिर १५ गते पार्टी विधानबमोजिम क्षेत्रीयस्तरबाट नामावली सिफारिस गर्न निर्देशन गरेसँगै सबै क्षेत्रबाट आकांक्षी उम्मेदवारको नामावली संकलन गरिएको थियो, जसमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ महामन्त्री विश्वप्रकाश शर्माको नाम एकल सिफारिस भएको उनले बताए।
सचिव हुमागाईंले भने,“क्षेत्रीयस्तरको बैठकबाट विवादरहित ढङ्गले प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस भएका छन् । प्रत्यक्षमा अन्य क्षेत्रमा तीन चार जनाको नाम आए पनि क्षेत्र नं १ मा महामन्त्रीको एकल नाम सिफारिस भएर आएको छ ।”
सोही क्षेत्रबाट समानुपातिकतर्फ रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भट्टराई, राधा कार्की र शोभा श्रेष्ठ नेम्बाङको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ छत्रबहादुर गिरी, सरिता प्रसाईं र सजेश शिवाकोटी, समानुपातिकतर्फ सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मीरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम र कृष्णबहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
यस्तै, क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ टीकाराज ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ लिम्बू, नवीन विमली, भगिरथ पोद्धार, शर्मिला अधिकारी र समानुपातिकतर्फ सुशीला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङवा र शिला तामाङको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ देउकुमार थेवे, उत्तमबहादुर चौलागाईं, धनमाया चिमरिया,समानुपातिकतर्फ सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा, सन्तोषकुमार मेनेङ्बो, टङ्कबहादुर विश्वकर्मा, मथुरादेवी श्रेष्ठको नाम सिफारिस भएको छ ।
यसैगरी क्षेत्र नं ५ मा प्रत्यक्षतर्फ अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, मेदनीप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी, सिरम कार्की र समानुपातिकतर्फ महेन्द्राकुमारी लिम्बू, सुरेश सुब्बा, दिलीप राई, सत्यनारायण चौधरी, भूमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराईली, निरोज अग्रवाल, भीममाया उप्रेती (भुजेल) र रोहितकुमार शाहको नाम सिफारिस गरिएको सचिव चौलागाईंले जानकारी दिए ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend