Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा स्थायी कमिटी वैठक पेरिसडाँडामा सुरु


    बुधबार, फाल्गुन १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको अहिले दिउँसो २ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

    सर्वोच्च अदालतले संसद् पनर्स्थापनाको पक्षमा फैसला गरेपछि नेकपाले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे स्थायी कमिटी बैठक बोलाएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछि नेकपाको स्थायी समिति बैठक बस्न लागेको हो ।

    ‘उपत्यकामा उपलब्ध स्थायी समिति सदस्यलाई बोलाइएको छ’, ढकालले भने, ‘समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।’ उनले बैठक अनौपचारिक हुने बताए । यसअघि आजै प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको स्थायी समिति बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार