काठमाडौं । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको थियो । एनपीएलको उपाधि भिडन्त शनिबार हुनेछ ।
लगातार दुई क्वालिफायर खेल्दा पनि विराटनगर उपाधि दौडबाट बाहिरिएको हो । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगरले क्वालिफायरमा आएर सोही लयलाई निरन्तरता दिन नसक्दा उपाधि दौडबाट बाहिरिएको हो ।
यता लुम्बिनीले भने एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको हो । पहिलो सिजन अङ्क तालिकाको पुछारमा रहेर एनपीएल सकाएको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि भिडन्त पक्का गरेको छ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्। उपाधि भिडन्त शनिबार दिउँसो साढे ३ बजे सुरु हुनेछ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend