Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजी–सरकार सहमतिको बिरोध गर्ने मिराज ढुंगाना समूह सिंहदरबारबाट लखेटियो


    बिहिबार, मंसिर २५ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार भएको जेनजी–सरकार १० बुँदे सम्झौताको बिरोध गर्ने मिराज ढुंगानाको समूह सिंहदरबारबाट लखेटिएको छ ।

    बिहीबार अपराह्न ढुंगानाको एक समूह बिरोध गर्दै सिंहदरबार गेटमा पुगेपछि लखेटिएको छ । ढुंगानासहित युवाहरूको एक समूहलाई प्रहरीले लखेटेर अनामनगरतर्फ पठाएको छ ।

    मिराजले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै दश बुँदे सम्झौता मान्य नहुने चेतावनी दिएका थिए ।

    फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचन बहिष्कार गर्ने भन्दै आएको यो समूहलाई सुरक्षा निकायले सुक्ष्म निगरानीमा राखेको बताउँदैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार