Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रभु बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा


    बिहिबार, मंसिर २५ २०८२
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रभु बैंकका एक सञ्चालकले राजीनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले अनुसन्धान गरिरहेकै समयमा सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

    बैंकका प्रवक्ता रवीन्द्र ढकालका अनुसार उनले दिएको राजीनामा बुधवार बसेको सञ्चालक समिति बैठकले स्वीकृत समेत गरिसकेको छ ।

    सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अशोक शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    बुधवार बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन)शाक्यलाई पनि सीआईबीले पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार