काठमाडौं । गएको भदौ २३ र २४ को जेन–जी प्रदर्शनको क्रममा निर्वाचन आयोग क्षति हुनबाट जोगाउन सफल तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं. २४ बाघभैरब गुल्म काठमाडौंलाई आयोगले सम्मान गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मंसिर २४ गते तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं. २४ बाघभैरब गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश कोइरालालाई सम्मान गर्नुभई सशस्त्र प्रहरी बल, नेपालले आयोगको सुरक्षामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेकोमा धन्यवाद समेत दिनुभएको छ ।
गएको भदौ २४ गते काठमाडौं महानगरपालिका–२७ कान्तिपथस्थित निर्वाचन आयोगको कार्यलयमा तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीहरुलाई अगाडी बढ्न नदिई मुख्य गेटको केही भित्र रोकी सम्झाई बुझाई गरेको थियो । त्यति गर्दा समेत भीड थप आक्रोशित भएपश्चात उक्त टोलीले सामान्य बल प्रयोग गरी भिडलाई तितरबितर पारेर उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिई आयोग क्षति हुनबाट जोगाएको थियो ।
निर्वाचन आयोग परिसरमा रहेको र हालै गणमा स्तरोन्नति भएको सशस्त्र प्रहरी बल, नेपाल नं. १८ बाघभैरब गणले फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई मध्य नजर गर्दै निर्वाचन सम्बन्धी दल दर्ता, दल दर्ता प्रमाणपत्र वितरण लगायतका विभिन्न गतिविधि एवं आयोग परिसरको निरन्तर रुपमा सुरक्षा प्रदान गर्दै आइरहेको छ ।
उक्त कार्यक्रममा आयोगका आयुक्त डा. जानकी तुलाधर, सचिव महादेव पन्त, प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराई लगायत आयोगका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौँ । इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिकाका तीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...
काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend