Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले आफू हटेर अर्कोलाई अध्यक्ष घोषणा गर्दा मेरो कुनै अब्जेक्सन रहने छैन: ईश्वर पोखरेल 


    बुधबार, मंसिर २४ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना पनि रहेको बताएका छन् ।

    बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तक्रियामा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    त्यसका लागि ओलीले महाधिवेशनको हलमै औपचारिक रुपले अबको नेतृत्व घोषणा गरेको खण्डमा सहमति हुनसक्ने पोखरेलले बताए ।

    सो क्रममा उनले ‘यदी उहाँले आफू हटेर भन्नुहुन्छ भने त्यसबेला मेरो कुनै अब्जेक्सन रहने छैन ।’

    एघारौं महाधिवेशनमा पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । प्यालन घोषणा हुने वा नहुने भन्नेबारे उनले खुलाएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार