काठमाडौँ। नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषय तत्काल टुङ्ग्याउने गरी काम गर्न परिपत्र गरेको छ ।
महामन्त्री गगन थापाले पुस २६ देखि २८ सम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराउँदै सदस्यताको विषयमा केन्द्रित हुन जिल्ला सभापतिहरूलाई परिपत्र गरेका हुन् ।
‘क्रियाशील सदस्यता नवीकरण नभएका र विवरण पठाउन बाँकी रहेका जिल्लाले अविलम्ब तहगत समन्वय गरी नवीकरण विवरण संकलन गरी वडादेखि जिल्ला कार्यसमितिको बैठकको निर्णयसहित नवीकरणको सूचीको अन्तिम नामावली र केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्कसहित कार्यतालिकामा तोकिएको मितिभित्रै केन्द्रमा पठाइसक्नु पर्नेछ ।’ परिपात्रामा भनिएको छ।
निर्धारित मितिभित्र नवीकरणको सूची केन्द्रमा पठाएपश्चात् कुनै पनि कारणबाट नवीकरण सदस्यता छुट हुन गएमा त्यस्ता छुट भएका व्यक्तिको छुट्टै नामावली तयार गरी सोको निर्णयसहित पुस ३ गतेभित्रमा अनिवार्य केन्द्रमा पठाउनुपर्ने उल्लेख छ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा विधानबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै पठाउन निर्णय गरेकाले सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सदस्यता फारम पठाइएको परिपत्रमा उल्लेख छ ।
परिपत्रमा भनिएको छ, ‘एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले पौष १० गतेभित्र र दुई भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पौष ११ गते सम्पूर्ण प्रक्रिया पूरा गरी नामावली प्रकाशन गरी केन्द्रमा पठाउनु पर्नेछ । १५ औँ महाधिवेशनको कार्यतालिका बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गर्नका लागि आफ्ना मातहतका समितिहरूलाई आवश्यक समन्वय र सहयोग गर्नुहोला ।’
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend