काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ११ औँ महाधिवेशनमा नीतिको बहस गर्नु सान्दर्भिक नहुने बताएका छन्।
नीति र नेतृत्वको निर्णय एउटै मञ्चबाट गर्दा नीतिगत बहस ओझेलमा पर्ने र नेतृत्वको पक्षधर ताले प्रभाव पार्ने विगतका अनुभवको निष्कर्षका आधारमा हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई अलग(अलग आयोजना गर्ने व्यवस्था गरेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘तसर्थ, विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयन गर्ने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन । दुई महाधिवेशनका बिचमा राष्ट्रिय राजनीतिमा कुनै फेरबदल आयो र पार्टीका तात्कालिक नीतिहरूमा फेरबदल गर्नुपर्ने भयो भने त्यस्तो अख्तियारी महाधिवेशनले केन्द्रीय कमिटीलाई दिएकै हुन्छ । प्रत्येक घटनाबारे छलफल गर्न महाधिवेशनकै आयोजना गर्नु या त्यसको मञ्च प्रयोग गर्नु सम्भव र व्यवहारिक दुवै हुँदैन ।’
सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ को निष्कर्ष माघ १९ को घटनाले असान्दर्भिक, व्यर्थ र गलत साबित गरिदिएको उल्लेख गरेका छन्।
ज्ञवालीले थपेका छन्, ‘तर हामीले महाधिवेशनबाट होइन, केन्द्रीय कमिटीको बैठकबाट लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक निर्णय गर् यौँ, जुन सही र सान्दर्भिक थियो । निश्चय नै, हाम्रा समग्र काम, उपलब्धि र कमीको वस्तुनिष्ठ समीक्षा जरुरी छ ।’
आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरतामा बाँडिएको बेला गरिने समीक्षा वस्तुनिष्ठ हुन नसक्ने भन्दै त्यो आरोप(प्रत्यारोप र ‘ब्लेम गेम’ मा रूपान्तरित हुने उनको बुझाइ छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चलिरहेको एनपीएलका खेलाडीहरू जत्तिकै ‘स्पोर्टम्यानसिप’ त सबैले अवलम्बन गर्न सुझाएका छन्।
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend