Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल प्रहरीका डीएसपी मधु नेपाल पक्राउ


    बुधबार, मंसिर २४ २०८२
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल। बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।

    डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

    बहुविबाहको मुद्दा परेपछि उनी आफैँ जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित भएको एसपी क्षेत्रीले बताए ।

    नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको उनले बताए ।

    नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार