Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चाँदीको भाउले बनायो नयाँ रेकर्ड, सुन कतिमा हुदैछ कारोबार ?


    बुधबार, मंसिर २४ २०८२
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

    बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो ।

    अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।

    त्यस्तै आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार