Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पनि देशभरका भन्सार कार्यालय बन्द, एजेन्टसँग फेरि वार्ता हुँदै


    बुधबार, मंसिर २४ २०८२
    455
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नयाँ भन्सार ऐनका विभिन्न प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गरिरहेका भन्सार एजेन्ट र भन्सार विभागबीच आज बुधबार पनि वार्ता हुँदैछ। यसअघि मंगलबार प्रारम्भिक वार्ता भएको थियो।

    शनिबारबाट कार्यान्वयनमा आएको नयाँ भन्सार ऐनमा दण्ड–जरिवाना कडा हुनु, जाँचपासका कागजात तथा प्रक्रिया अव्यावहारिक भएको कारण देखाउँदै उनीहरूले मंगलबार बिहानदेखि देशभरका भन्सार कार्यालयमा काम रोकेका छन्।

    भन्सार एजेन्ट महासंघको आह्वानमा जाँचपास ठप्प भएपछि आयात–निर्यात प्रभावित छ। भन्सार विभागमा मंगलबार भएको वार्ता टुंगोमा नपुगेकाले बुधबार पनि आयात(निर्यात ठप्प पारिएको एजेन्टहरूले बताएका छन्।

    विवादित प्रावधान संशोधन गर्न उच्च तहमा छलफल गर्नुपर्ने विभागको भनाइ छ।

    ऐनमा भएका जरिवाना तथा कागजातसम्बन्धी प्रावधान कानुनी संरचनामा आधारित भएकाले तुरून्तै परिवर्तन गर्न नसकिने विभाग स्रोतले बतायो। त्यसका लागि आर्थिक ऐन संशोधन गर्नुपर्छ।

    वार्तामा उठेका व्यवस्थापकीय प्रकृतिका समस्या भने विभागको क्षेत्राधिकारभित्र पर्ने भएकाले समाधानतर्फ अघि बढ्ने आश्वासन दिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार