Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद पुनस्थापना भएपछि नेकपाको देशभर खुशीयाली सभा


    बुधबार, फाल्गुन १२ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा प्रचण्ड–नेपाल पक्षले आज  संसद् पुनर्स्थापनाको खुशीयाली मनाउन  राजधानी सहित देशभर विजय जुलुस निकाल्ने भएको छ ।

    आज  काठमाडौंको शान्ति बाटिकामा दिउँसो १२ बजे विजय जुलुस निकालिने नेकपा नेता विष्णु रिजालले जानकारी दिएका छन् । सर्वोच्च अदालतले मंगलवार प्रतिनिधि सभा विघटनलाई बदर गरेसँगै प्रचण्ड माधव पक्षले खुशीयाली मनाउन लागेको हो ।उनले एक ट्वीट गर्दै लेखेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं ।

    जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने भएका छन् । दुबै अध्यक्ष अहिले चितवनमा छन् ।

    उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो । मंगलबार चितवन पुगेका अध्यक्षद्वय केहीबेरमा काठमाडौं आउने उनले बताए । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटन बदर गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार