काठमाडौँ । श्रम, रोजगार तथा सामाजिसामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघबीच सम्झौताक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
मंगलवार सामाजिक सुरक्षा योजनामा आबद्धता विस्तार तथा उद्योग-व्यवसाय क्षेत्रलाई सामाजिक सुरक्षा प्रणालीमा प्रभावकारी रूपमा समावेश गराउन कोष र परिसंघबीच एक औपचारिक कार्यक्रमकामा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष कृष्णहरि पुष्करको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र नेपाल उद्योग परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले समझदारीमा हस्ताक्षर गरेका हुन् ।
उक्त समझदारीसँगै उद्योग परिसंघले आफ्नो आबद्धतामा रहेका संघ संस्था तथा प्रतिष्ठानलाई श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सहजीकरण गर्ने भएको छ । सोही अवसरमा कोषले उद्योग परिसंघसँगको सहकार्यमा सामाजिक सुरक्षा योजनासम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने तथा कार्यक्रमका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।
दुवै संस्थाले सामाजिक सुरक्षा योजनामा रोजगारदाता र श्रमिकहरूको आबद्धता बढाउन यो समझदारी महत्त्वपूर्ण कदम रहेको बताउँदै, श्रमिक तथा रोजगारदातामाझ सामाजिक सुरक्षा योजनाका बारेमा अझ सुदृढ ढंगले अग्रसरताका साथ आठौँ सामाजिक सुरक्षा दिवसको नारा ‘सामाजिक सुरक्षा: सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिकको जीवन रक्षा’ ले निर्धारित लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास कोषले लिएको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend