काठमाडौँ। उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका छन् । सोमबार राति आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा, ५० किलोमिटर (३१ माइल) गहिराइमा गएको भूकम्पका कारण हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् ।
भूकम्पपछि देशमा सुनामी चेतावनी जारी गरिएको थियो, तर अहिले हटाइएको छ । यद्यपि तटमा ७० सेन्टिमिटरसम्मका अग्ला छाल उठेका थिए । केही रेल सेवा रोकिएका थिए र हजारौँ घरमा बिजुली विच्छेद भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँका अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । त्यसैले मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन भनिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार लगभग ९० हजार मानिसलाई घर छाड्न आदेश दिइएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend