Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्राधिकरणका नवनियुक्त महानिर्देशक डंगोलद्वारा पदभार ग्रहण


    सोमबार, मंसिर २२ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक मुकेश डंगोलले सोमबार पदभार ग्रहण गरेका छन् ।

    महानिर्देशकलाई प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा उपमहानिर्देशक देवचन्द्र लाल कर्णले नवनियुक्त महानिर्देशक डंगोलका तथा हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आएका पर्यटन सचिव मुकुन्दप्रसाद निरौलालाई स्वागत गरेका थिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

    अधिकारीको स्थानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेतको जिम्मेवारी बहन गर्दै आइरहेकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव मुकुश डंगोल ९एटीसी० लाई प्राधिकरणको समेत कामकाज हेर्ने गरी महानिर्देशकको जिम्मेवारी दिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार