Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ ईश्वर पोखरेलले नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहित पार्टीमा बुझाएको अवधारणापत्र


    सोमबार, मंसिर २२ २०८२
    520
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।

    सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन् । आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका छन् ।

    पोखरेलको अगुवाइमा बनेको अवधारणापत्र सार्वजनिक पनि गरिने उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

    उनका अनुसार महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पोखरेल समूहले उक्त अवधारणापत्र आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ ।

    पोखरेलले तयार पारेको उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उपाध्यक्ष पाण्डेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार