Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जेन जेड आन्दोलनमा मृत्यु भएका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार


    सोमबार, मंसिर २२ २०८२
    625
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार भएको छ।

    गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो।

    उनीहरूलाई जेन जेड सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ती नामहरू ३ दिनभित्र राख्न भन्दै पत्राचार गरिएको छ । गृहमन्त्री स्तरीय निर्णयबाट आइतबार मात्रै उक्त निर्णय भएको हो।

    त्यसपछि मन्त्रालयका शाखा अधिकृत पदमबहादुर खत्रीद्वारा हस्ताक्षरित पत्रमा सबै सिडिओ कार्यालयहरूलाई सम्बोधन गर्दै तीन दिनभित्र नामावली राख्न भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार