Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • नेपाल बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ


    सोमबार, मंसिर २२ २०८२
    550
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीश शान्ति सिंह थापा र सारंगा सुवेदीको संयुक्त इजलासले सोमवार घिमिरेलाई सफाइ दिएको हो ।

    तत्कालीन प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको पालामा घिमिरेविरुद्ध सर्वोच्च प्रशासनबाटै टिप्पणी उठाएर अवहेलना मुद्दा दर्ता गरिएको थियो ।

    सर्वोच्च अदालतका तत्कालीन उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेमार्फत अवहेलनाको प्रतिवेदनका आधारमा बारका अध्यक्ष घिमिरेविरुद्ध २०८१ असोजमा अवहेलना मुद्दा अघि बढाइएको थियो । सर्वोच्च अदालत प्रशासनले अगाडि बढाएको बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद घिमिरेविरुद्ध भ्रामक, आधारहीन अभिव्यक्ति दिएको दाबी गरिएको थियो ।

    न्यायपारिषद्को २०८१ असोज ११ को बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको’ भन्ने अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेको आरोप थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार