काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिस्पर्धाबाट पार्टी नेतृत्व छनोट हुनुपर्ने बताएका छन्।
सोमबार बागबजारस्थित एक होटलमा भएको अन्तरसम्वादमा उनले पार्टीलाई बलियो बनाउने आधार नै प्रतिस्पर्धा रहेको भन्दै पार्टी नेतृत्व प्रतिस्पर्धाबाट हुनुपर्ने बताएका हुन्।
११ औँ महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका पार्टीका वरीष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहका नेताहरू सहभागी अन्तर सम्वादमा केपी ओलीले आन्तरिक लोकतन्त्र धरासायी बनाएको आरोप लगाएका थिए।
‘प्रतिस्पर्धाबाट पार्टी नेतृत्व छनौट हुनुपर्छ। तर पछिल्लो समय यो प्रकृयामा गम्भीर विचलन परेको छ’, उनले भने।
पाण्डेले ओलीकै अगुवामा पार्टीको लोकतान्त्रीकरण गरिएको भए पनि अहिले त्यो प्रकृया ‘मास्ने’ काम भइरहेको बताए।
साथै, उपाध्यक्ष पाण्डेले पार्टी व्यक्तिवादीमा रूपान्तरण भएको बताएका थिए। ‘एमाले व्यक्तिवादी पार्टीमा रूपान्तर गर्ने कुरा हुँदैछ, यसले पार्टीलाई क्षति गर्दैछ। यसलाई बदल्नुपर्छ। नबदलिए नयाँ पुस्ता पार्टीमा आउँदैन,’ उनले भने।
उनले कानुनमा नै पार्टीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष नहुने व्यवस्था गर्नुपर्ने बताएका छन्।
एमाले मात्र नभएर अन्य पार्टीमा पनि र नयाँ भनिने पार्टीमा पनि लोकतान्त्रिक प्रकृया नरहेको भन्द उनले संविधानमा पार्टी नेतृत्वको समयावधि व्यवस्था गरिनुपर्ने बताए।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend