Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोमबार सुनको भाउ बढ्यो, तोलाको कतिमा हुदैछ कारोबार ?


    सोमबार, मंसिर २२ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। गएका तीन दिनसम्म लगातार घटेको सुनको भाउ आज सोमबार सामान्य बढेको छ।

    सुनको भाउ आज तोलामा सातसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आज छापवाल सुन तोलाको दुई लाख ५२ हजार नौसय रुपैयाँ कायम भएको छ। गएको बिहीबार, शुक्रबार र आइतबार सुनको मूल्य लगातार घटेको थियो।

    आइतबार सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँ घटेको थियो भने बिहीबार आठसय र शुक्रबार नौसय रुपैयाँ घटेको थियो।

    आज चाँदीको मूल्य भने घटेको छ। प्रतितोला २० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको तीन हजार पाँचसय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार