Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • महाधिवेशन उदघाटनमा ५० हजार बढी युवा उतार्ने युवा संघको दाबी


    आइतबार, मंसिर २१ २०८२
    480
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं उतार्ने दाबी गरेको छ।

    युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारीअनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरूको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेशहरू कमिटीहरूलाई अनिवार्य रूपमा युवाहरूको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ।

    थेबेका अनुसार काठमाडौं र ललितपुरका ६१ वटा वडाबाट १०० हजारका दरले ६ हजार १००,उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार, उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १५०० सयका दरले १५००० जना युवाहरु जुटाउने युवा संघको तयारी छ। यसैगरी महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार, मधेसबाट ४ हजार, गण्डकी ३ हजार लुम्बिनीबाट २ हजार, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सयका दरले एक हजार युवा जुटाउने युवा संघले जनाएको छ।

    ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौं। यसका लागि हाम्रो संगठनका सबै कमिटीहरू परिचालन गरेका छौं,’ थेवेले जानकारी दिए।

    एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने एमालेले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार