Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मधेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


    आइतबार, मंसिर २१ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आइतबार शपथ ग्रहण गराएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् ।

    काँग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार