Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा


    आइतबार, मंसिर २१ २०८२
    530
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मालाई गृह जिल्लामै कालो झण्डा देखाइएको छ।

    आइतबार बिहान गृह जिल्ला रुकुमपश्चिम आएका शर्मालाई युवाहरूले कालो झण्डा देखाएर विरोध गरेका हुन्।

    शर्माले नेकपा माओवादी केन्द्रबाटअलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन्। उनी पार्टी गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुमपश्चिम पुगेका हुन्।

    उनलाई माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) का कार्यकर्ताले कालो झण्डा देखाएर विरोध जनाएका हुन्।

    शर्मा काठमाडौँबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर रुकुमपश्चिमको सदरमुकाम खलंगामा रहेको मुसिकोट विमानस्थलमा ओर्लिएका थिए। उनलाई विमानस्थल नजिकै पुगेर नेकपामा कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार