Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • ओली कुटी’प्रति शिक्षामन्त्री पुनको व्यंग्य- ‘इञ्जिनियरलाई कारबाही गर्नुपर्छ’


    आइतबार, मंसिर २१ २०८२
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बनाउने भनिएको ‘ओलीकुटी’प्रति कटाक्ष गरेका छन् ।

    पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत एमाले नेता कार्यकर्ताको पहलमा भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुण्डुमा ओलीकुटी बनाउन लागिएको छ । आकर्षक डिजाइनसहितको साढे दुई तलाको घर बन्ने भएपछि अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिप्प्णी भइरहेको छ । मन्त्री पुनले पनि इन्जिनियरलाई कारबाही गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन् ।

    ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ,’ ठट्यौली शैलीमा उनले लेखेका छन्, ‘हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले । कहाँ सम्मको लापरबाही हो यो, एकछिन रमाइलो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार