Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ आज


    आइतबार, मंसिर २१ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शपथ लिने भएका छन्।

    बिहान ११ बजे शपथ तय भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ। काँग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव एमाले बाहेकका सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

    संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि काँग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार