काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)माथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । आज बिहान साढे १० बजे बोलाइएको मन्त्रिपरिषद बैठकले विप्लवको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउँदैछ । विप्लवसँग वार्ता गर्नका लागि मन्त्रिपरिषद बैठकले वार्ता समिति समेत गठन गर्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दैआएको थियो । प्रधानमन्त्री केपी ओली सोमबार कंचनपुरको कार्यक्रममा गएका कारण आज मंगलबारका लागि बैठक बोलाइएको छ । आजको मन्त्रिपरिषदको बैठकले विशेष निर्णय गर्ने तयारी गरेको चर्चा सोमबारदेखि नै हुँदैआएको थियो । त्यो विशेष निर्णय भनेको विप्लव माओवादीको प्रतिबन्ध हटाउने र वार्ता समिति बनाउने रहेको बालुवाटार स्रोतको दाबी छ ।
एकातिर विप्लवसँग वार्ता गर्नका लागि उक्त पार्टीमाथि लागेको प्रतिबन्ध हटाउन लागेको सरकारले अर्कोतिर सोही पार्टीका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गरेपछि पनि पुनः पक्राउ गरेको छ । बाँस्तोलालाई सोमबार सर्बोच्चले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरी काभ्रे जिल्लामा पठाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend