Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा सर्वपक्षीय बैठक जारी


    शुक्रबार, मंसिर १९ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वपक्षीय बैठक अहिले बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो।

    आसन्न निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला काकीले बैठक आह्वान गरेकी हुन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे छलफल भइरहेको छ ।

    बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थित छ ।

    प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार