Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता


    शुक्रबार, मंसिर १९ २०८२
    425
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालका लागि जापानका राजदूत मायदा तोरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। शुक्रबार सिहंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

    भेटका क्रममा नेपाल-जापान सम्बन्धको ७० औँ वर्षगॉंठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सो अवसरमा महामहिम राजदूतले सरकारको समयमै चुनाव गराउने संकल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको बताएका छन्।

    प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग९सद्भाव रहने विश्वास व्यक्त गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार