Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको नेतृत्वबिना एमाले अघि बढ्न सक्दैन: रामबहादुर थापा

    शुक्रबार, मंसिर १९ २०८२
    540
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ : एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अहिलेको अवस्थामा केपी ओलीको नेतृत्वविना एमाले अघि बढ्न नसक्ने बताएका छन्।

    प्रेस चौतारीले आज (शुक्रबार)दिउँसो काठमाडौँमा गरको पत्रकार सम्मेलनमा उनले अहिलेको परिस्थितिमा ओलीको विकल्प खोज्नु नहुने बताएका हुन्।

    उनले एमालेलाई एकतावद्ध गर्न पनि ओलीलाई निरन्तरता दिनुपर्ने तर्क गरे।

    ‘विधान महाधिवेशनले पनि ओलीको नेतृत्वको निरन्तरताको सन्देश दिएको छ,’ थापाले भने, ‘सोही म्यान्डेटअनुसार ११ औँ महाधिवेशनले नेतृत्व चयन गर्नुपर्छ।’

    उनले विभिन्न पक्षले गरिरहेको उम्मेदवारी घोषणाले एमालेलाई विघटन र विसर्जनतिर लैजाने दाबी गरे। ‘प्रतिस्पर्धाको नाममा एकताविरुद्ध जानु हुँदैन। एकतावद्ध भएर ओलीकै नेतृत्वमा जानुपर्छ। आम जनता र कार्यकर्ताको चाहना पनि यही हो,’ थापाले भने।

    उनले अहिलेको अवस्थामा पार्टी र देशलाई आफ्नो भूमिका पनि आवश्यक रहेको दाबी उनले गरे।

    टोपबहादुर जेलबाट मुक्त भएपछि पार्टीले अर्को निर्णय लिने तर, अहिले उनी कुनै पदमा नरहने थापाले बताए। ‘यो महाधिवेशनबाट माओवादी पृष्ठभूमिका कमरेडहरूको निरन्तरता हुने छ। नयाँ पनि आउनु हुन्छ। सबै पृष्ठभूमिकाको निरन्तरतामा अबको नेतृत्व हुनुपर्छ,’ थापाले भने।

    उनले एमालेको विधानअनुसार २५१ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारीको व्यवस्था भए पनि त्यसलाई विस्तार गर्न सकिने बताए। ‘सबैलाई समेट्नको लागि भए पनि विधान संशोधन गरेर पदाधिकारी बढाउनु पर्ने हुन्छ,’ उनले भने।

    त्यसो गर्दा माओवादी पृष्ठभूमिका नयाँ नेता कार्यकर्ता पनि एमालेमा आउन सक्ने दाबी उनले गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार