काठमाडौं । केपी ओली नेतृत्वको कामचलाउ सरकारले बिप्लव माओवादीसँग वार्ता गर्ने भनिरहेको बेला उक्त पार्टीका नेता धर्मेन्द्र बाँस्तोलालाई अदालतबाट रिहा भइसकेपछि हिरासतमा लिएको छ । बाँस्तोलालाई रिहा भइसकेपछि पुनः पक्राउ गरेपछि विप्लव माओवादी ओली सरकारसँग रुष्ट भएको छ ।
विप्लव माओवादी निकट जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले अब ओली सरकारसँग वार्ता नहुने, अर्को नयाँ सरकार बनेपछि मात्र वार्ता हुने बताएका छन् । थपलियाले ओली सरकारसित वार्ता नहुने कुरा प्रष्ट शब्दमा लेखेका छन् ।

खेम थपलिया
बाँस्तोला गिरफ्तारीपछि थपलियाले सामाजिक संजालमा फेसबुकमा लेखेका छन्–‘एकातिर वार्ता भनेर फलाक्दै हिंड्ने पनि उनै, अर्कोतिर सर्वोच्च अदालतले दिएको बाध्यकारी रिहाइको आदेशलाई निर्ममतापूर्वक बुटले कुल्चँदै न्यायालयको गेटबाट पक्रने पनि उनै । वा ‘ओली बा’, मान्नुपर्छ तपैंको राजनीति, छलनीति र निचनीति ! कञ्चन कमरेड क्वै वात छैन ।
आज सिङ्गो देश जेल हिरासतमा फेरिएको छँदै छ, श्रमजीवी तथा उत्पीडित जनतालाई प्रत्यक्ष वा परोक्ष रूपमा नेल–हतकडी लगाइएकै त छ । संकटमा भुँवरीमा फसेपछि यतिबेला वार्ता सबैभन्दा धेरै ओलीलाई नै चाहिएको त हो । ओली सरकारको आजको दुष्कार्यले अब ओली नेतृत्वको सरकारसित कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको वार्ताको सम्भावना पनि लगभग समाप्त भयो । अब ओली सरकारको चिहानमाथि बन्ने अर्को सरकारसित वार्ता हुने कोर्ष अघि बढ्यो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend