काठमाडौँ। मधेश प्रदेशका राजनीतिक दलहरूले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दैछन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभले आज साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएपछि दलहरुले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन् ।
नयाँ मुख्यमन्त्रीको लागि ७ दलले दाबी पेश गर्ने तयारी गरेका छन् । हिजो एमालेबाहेकका ७ दलीय गठबन्धनको लामो छलफल लगभग सहमतिमा पुगेको नेताहरूले बताएका छन् ।
नेपाली कांग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपाले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् ।
गठबन्धनमा लोसपाका जितेन्द्र सोनल र काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्य दाबेदार छन् । यहाँ एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै एक सभामुख पनि खाली छ ।
यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने नदेखिएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
१०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ जना सांसद छन् ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend