काठमाडौं । सवारी दुर्घटनामा नक्कली अभियुक्त खडा गरी बास्तविक अभियुक्तलाई उन्मुक्ति दिने एक एसएसपीसहित केही अधिकृतको जागिर संकटमा परेको छ ।
अनुसन्धानमा चलखेल गरेर लाखौं कमाउने ध्याउन्नमा नियम कानुन उल्लंघन गर्नेहरुलाई जोगाउने क्रम बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी दुर्घटनामा नक्कली अभियुक्त खडा गर्ने प्रहरी अधिकृतबिरुद्ध छानबिन अन्तिम चरणमा पुर्याएको स्रोतले बताएको छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागमा कार्यरत एसएसपी मुकुन्द मरासिनीमाथि १० बर्षअघिको बुटवलको एक सवारी दुर्घटनामा नक्कली सवारी चालक खडा गरी सक्कलीलाई उन्मुक्ति दिएको आरोपमा अख्तियारले अनुसन्धान गरेको थियो । वडा प्रहरी कार्यालय बुटवलको इन्चार्ज(डीएसपी) हुँदा मरासिनीले तिलोत्तमा नगरपालिका–७ मा १७ चैत, ०७३ मा भएको दुर्घटनाका वास्तविक सवारी चालक दुर्गा केसीलाई उन्मुक्ति दिएको आरोपमा आयोगमा परेको उजुरीमा छानबिन भएको हो ।
केसीसँग लाइसेन्स नभएकाले चलखेल गरी उनको सट्टा नक्कली चालक मिथुन भण्डारीलाई चालक बनाएर मुद्दा दायर गरेको उजुरी अख्तियारमा परेको थियो । सवारीचालक अनुमतिपत्र भएका भण्डारीलाई गाडी चालक बनाएर नभएका आर्थिक प्रलोभनमा परी केसीलाई उन्मुक्ति दिइएको आयोगमा परेको उजुरीमा उल्लेख भएपछि छानबिन गरेको थियो ।
लु.७ प ७८६४ नम्बरको मोटरसाइकलको ठक्करबाट गुरुप्रसाद आलेको मृत्यु भएको थियो ।
घटनाको उजुरी परेपछि प्रहरीबाट आन्तरिक छानबिन भएको थियो । छानबिनमा नक्कली चालक खडा गरिएको पुष्टि भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बनाएको दुर्घटनास्थलको मुचुल्का र मुद्दा दायर गर्दाको विवरण नै फरक परेको थियो । आर्थिक चलखेलका आधारमा चालक नै परिवर्तन गरिएको थियो ।
इप्रका बुटवलका तत्कालीन डिएसपी मरासिनी, इन्स्पेक्टर भीमलाल भट्टराई र मुद्दा शाखाका प्रहरीलाई कारबाहीको सिफारिस भएको थियो । तर, उनीहरूलाई प्रहरी नेतृत्वले कारबाही नगरी जोगाएको थियो । कारबाहीको फाइल लुकाएर उल्टै उनलाई विभूषण दिएर सम्मान गरिएको थियो । त्यसपछि एसपीमा बढुवा भएका मरासिनी बिभिन्न सिन्धुपाल्चोक लगायतका जिल्लाको प्रहरी प्रमुख भए ।
प्रहरी निरीक्षक हुँदा त्यतिबेला प्रहरीको कमाउ अड्डाका रुपमा चिनिने चालचलनमा बसे भने डीएसपी भएपछि पनि बसेका थिए । त्यो समयमा सर्लाहीका सन्तोष उप्रेतीमार्फत् चालचलनको रिपोर्टमा समेत कुस्त कमाउ धन्दा चल्ने गरेको थियो । सादा पोशाकमा खटिने र साइनबोर्ड नभएको भूमिगत कार्यालयमा ल्याएर तर्साउने र असुल्ने अफिसका रुपमा परिणत भएको विशेष टोलीमा पनि मरासिनी बसेका थिए ।
स्रोतका अनुसार तिलोत्तमाको यो घटनामा पनि अख्तियारले छानबिन थालेको छ । छानबिन रोक्नका लागि एसपी मरासिनी शक्तिकेन्द्रमा धाइरहेका छन् । सवारी ज्यान मुद्दामै जालझेल गरेको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर लोकराज जिसीमाथि अख्तियारले मुद्दा चलाएको थियो । १० लाख रुपैयाँ घुस लिएर नक्कली चालक खडा गरी मुद्दा चलाएको पुष्टि भएपछि अख्तियारले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो । पूर्वी नवलपरासीका तत्कालिन एसपी रमेश थापासँग मिलेर उनले नक्कली अभियुक्त खडा गरेको आरोप लागेको थियो ।
११ वैशाख, २०७६ मा गैंडाकोटमा भएको दुर्घटनामा उनले वास्तविक दोषीलाई उन्मुक्ति दिएका थिए । चितवनका व्यवसायी बोधराज पाण्डेले चलाएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो भने अर्को एक गम्भीर घाइते भएका थिए । चालक पाण्डेलाई जोगाउन त्यतिवेला किसुन चौधरीले गाडी चलाएको नक्कली मुचुल्का बनाएर मुद्दा चलाइएको थियो । यसबापत १० लाख घुस लिएको उजुरी अख्तियारमा परेको थियो ।
इन्स्पेक्टरसँगै व्यवसायी पाण्डे र नक्कली चालक चौधरीलाई समेत अख्तियारले नियन्त्रणमा लिएको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend