काठमाडौं । शिक्षा मन्त्री महावीर पुनले आफूलाई फेसबुक र युट्युबले पनि नपत्याएको गुनासो गरेका छन् । आज (बिहीबार) हाँस्यास्पद् शैलीमा फेसबुकमार्फत मन्त्री पुनले सो गुनासो पोखेका हुन् ।
‘जागिर खाइएन र व्यापार गरिएन, फेसबुक र युट्युबले पनि पत्याएन,’ उनले फसबूकमा स्टाटस पोस्ट गर्दै भनेका छन्।
आफूले फेसबुकबाट लाखौँ–करोडौँ कमाई हुन्छ भन्ने सुनेर कमाउने व्यवस्था मिलाएको उनले अगाडि लेखेका छन् । ‘म त छक्कै परेँ नि–फेसबुकबाट धेरैले लाखौँ करोडौँ कमाउँछन् भन्ने सुनेर मैले पनि एक जना भाइलाई सहयोग मागेर फेसबुक र अर्को भाइलाई भनेर युट्युबबाट पैसा झार्ने व्यवस्था गरेँ । चार महिना भइसक्यो दुई तीन सयभन्दा पटक्कै झरेन त,’ उनले अगाडि भनेका छन्, ‘यसो नुन, तेल, साबुन र मसलाका साथै केही पकेट खर्च आउँछ कि भनेको ता पटक्कै ढङ्ग आएन ।’
‘यस्तो ढङ्ग नहुने व्यक्तिले खोइ कसरी जिन्दगी बिताउँला भनेर म आफै छक्क परेको छु ’ भन्दै मन्त्री पुनले लेखेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend