Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • शेरबहादुर तामाङ केपी ओली पक्षबाट उपमहासचिवमा उठ्ने


    बिहिबार, मंसिर १८ २०८२
    515
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न एघारौँ महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

    आज बिहीबार बिहान उनले उक्त जानकारी दिएका हुन्। ‘एमालेको ११औँ महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ’, उनले भने।

    यद्यपि ओली समूहले औपचारिक रूपमा प्यानल घोषणा गरिसकेको छैन।

    एमालेको एघारौँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ।

    त्यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीलाई अध्यक्ष पदमा टक्कर दिने घोषणा गरिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार