Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभा र प्रदेश सभा सांसदको नाम उम्मेदवारका रूपमा सिफारिस नगर्न कांग्रेसको निर्देशन


    बिहिबार, मंसिर १८ २०८२
    370
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसले अहिले राष्ट्रिय सभा सांसद रहेका तथा प्रदेश सभामा सांसद रहेकाहरूको नाम उम्मेदवारका रूपमा सिफारिस गर्न निर्देशन दिएको छ।

    माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ हरेक प्रतिनिधि सभा क्षेत्रबाट एक महिलासहित ३ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसले भनेको हो।

    यसरी नाम सिफारिस गर्दा २०७९ सालमा प्रतिनिधि सभातर्फ समानुपातिक सांसद रहेकाहरूको नाम पनि समावेश गर्न नपाइने कांग्रेसले जनाएको छ।

    साथै राष्ट्रिय सभा र प्रदेश सभा सांसदको नाम पनि अब हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा सिफारिस गर्न पाइने छैन।

    साथै कांग्रेसबाट टिकट लिई २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको नाम पनि उम्मेदवारका रूपमा सिफारिस नगर्न कांग्रेसले भनेको छ।

    कांग्रेसले पार्टीका तल्ला तहलाई उम्मेदवार सिफारिसबारे दुई पटक परिपत्र गरेको हो। कांग्रेसले यसपालि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार