Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कान्ति राजमार्ग मंसिर २० गतेदेखि २ महिना बन्द हुने


    बिहिबार, मंसिर १८ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म सडक बन्द गर्न लागिएको हो ।

    कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेको छ ।

    त्यसैले मंसिर २० गतेदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो।

    जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि सूचना निकालेर कान्ति राजमार्ग बन्द हुने अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार